काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरयाली छाएको छ ।
आज बजार ६२.५४ अंकले बढेर २७३८.०६को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि आएको छ ।
आज २२८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। १३ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।


