मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कतार एयरवेजले भोलिदेखी भैरहवामा दैनिक उडान गर्ने

एक्सप्रेस पाना
कार्तिक २६, २०८१ सोमबार
  • 208
    SHARES
  • कतार एयरवेजले भोलिदेखी भैरहवामा दैनिक उडान गर्ने

    काठमाडौं । कतार एयरवेजले भोलि मंगलबारदेखी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।

    images

    नागरिक उड्डयन प्राधिकरणका अनुसार कतार एयरवेजले सातामा सातैवटा उडान गर्ने भएको हो । 

    कतार एयरवेजले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।

    images

    भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

    कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।

     

     

  • सम्बन्धित विषय:

  • # कतार एयरवेज