काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सूचित गराई संघर्षका कार्यक्रम गर्न बाध्य हुने बताएका हुन् ।
आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने व्यवस्था रहेको उल्लेख गर्दैल औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।
कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका उद्योगको लाइन तत्काल जोड्ने निर्णय गरेको थियो ।

.jpg)


