काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ ।
आज बजार २२.१४ अंकले बढेर २७६०.२१को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार बढेसंगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।
बाकी ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
सोमबार पाँचवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सामान्य उतारचढावकै बीच सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र शृजनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो।
.jpg)


