काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ ।
आज बजार ११.२४ अंकले घटेर २७४८.९६को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको सेयर मुल्य घटेको छ भने बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


