शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘ह्रस्व–दीर्घ’ को मर्मस्पर्शी गीत ‘आमा नै भगवान हुन्’ सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २८, २०८१ बुधबार
  • 248
    SHARES
  • चलचित्र ‘ह्रस्व–दीर्घ’ को मर्मस्पर्शी गीत ‘आमा नै भगवान हुन्’ सार्वजनिक

    काठमाडौं । कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्रस्व–दीर्घ’ को नयाँ मर्मस्पर्शी गीत ‘आमा नै भगवान हुन्’ सार्वजनिक भएको छ ।

    images

    ओएसआर डिजिटल यूट्यूब च्यानलबाट मंगलवार साँझ सार्वजनिक यो गीतमा लोकप्रिय सत्यराज आचार्यको स्वर रुहेको छ भने  बाबुल गिरी यो गीतका गीतकार, संगीतकार तथा एरेञ्जर हुन् । गितमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । आमाको महिमा वर्णन गरिएको छ । विपनाले यही फिल्मबाट १३ वर्षपछि कमब्याक गरेकी हुन् ।

    चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली र दक्षिण भारतका कलाकारहरुलाई पनि समावेश गरिएको छ । 

    images

    चलचित्रमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपनासँगै नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

    हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन् । नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको चलचित्र विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । 

  • सम्बन्धित विषय:

  • # ‘ह्रस्व–दीर्घ’
  • # नीता ढुंगाना
  • # हरिहर अधिकारी