बुधबार, भाद्र २४ गते २०८३
images

भारतीय क्रिकेटर शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 224
    SHARES
  • भारतीय क्रिकेटर शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने

    काठमाडौं । चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। 

    images

    कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो। 

    सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन । धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । 

    images

    ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ।

    टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्। एनपिएल मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # शिखर धवन
  • # कर्णाली याक्स