मंगलबार, भाद्र २३ गते २०८३
images

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 268
    SHARES
  • गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

    images

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबार विज्ञप्ति जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

    पार्टीको भ्रातृसंस्था नेपाल महिला संघ म्याग्दीकी पूर्वअध्यक्ष समेत रहेकी गौचनको डेंगीको उपचारका क्रममा काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा गएराति निधन भएको थियो । 

    images

    गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # विमला गौचन