काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार १३.९५ अंकले बढेर २७४८.७८ अंकबो विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज बजारमा १० अर्ब ३२ करोड तीन लाख ३१ हजार रूपैयाँको कारोबार भएको छ।
एक सय ५९ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।


