मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 297
    SHARES
  • रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ। 

    images

    रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए। 

    यसअघि मेयरका लागि  नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो। तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ। काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ। 

    images

    आफूले उम्मेदवारी नदिएपछि रास्वपाले राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ। यद्यपि, अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा भने पुगिनसकेको बिष्टले जानकारी दिए। उनले भने,‘अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा हामी पुगेका छैनौं,’ ‘हामी यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं।

  • सम्बन्धित विषय:

  • # रास्वपा