काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि आएको छ ।
आज बजार ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आज बजारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।
आइतबार बजारमा १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ। बाकी ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।


