मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार  ५१.११ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर ४, २०८१ मंगलबार
  • 200
    SHARES
  • मंगलबार  ५१.११ अंकले घट्यो सेयर बजार

    काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।
    आज बजार ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    images

    आज ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुदाँ १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

    आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनगाडी ग्रुपको शेयर मुल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

    images

    त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार