काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


