काठमाडौं । काठमाडौंमा काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरूले विरोध प्रदर्शन गरेका छन् ।
बिहिबार काठमाडौंको माइतीघरमा भेला भइ सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
फैसला होइन न्याय गर, खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, सडक तथा खोलाको मापदण्ड खारेज गरलगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।


.jpg)


