काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा गिरावर्ट आएको छ ।
आज बजार ३१.३१ अंकले घटेर २६८०.४४को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार १.१५ प्रतिशतले घटेको हो । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।
आज ४३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने बाकी ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ सिटिजन म्युचुअल फन्ड १ को सबै भन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ ।


