आइतबार, कार्तिक १६ गते २०८३
images
images

मापदण्ड विपरीत भाडा लिने ७७ सार्वजनिक सवारी कारबाहीमा 

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 354
    SHARES
  • मापदण्ड विपरीत भाडा लिने ७७ सार्वजनिक सवारी कारबाहीमा 

     काठमाडौँ ।  मापदण्ड विपरीत तोकेको भन्दा धेरै भाडा लिने सार्वजनिक सवारी कारबाहीमा  परेका छन्  । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो  ।  यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो  । 

    images

    साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए । महाशाखाले शुक्रवारदेखि शनिवार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो । शनिवार देखी आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो ।  बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म कारबाही भइरहेको छ ।

     एउटै सवारीले पटक पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए । शुक्रवार कारबाही गरिएपछि शनिवार देखी बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।  ·

    images