शनिबार, भाद्र २७ गते २०८३
images

दयाहाङ र रिश्माको ‘रिमै’ को छायांकन सुरु

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 224
    SHARES
  • दयाहाङ र रिश्माको ‘रिमै’ को छायांकन सुरु

    काठमाडौं । नेपाली चलचित्र ‘रिमै’ को छायांकन सुरु गरिएको छ ।

    images

    गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि चलचित्रको छायांकन थालिएको हो । ‘कबड्डी’ का जोडी दयाहाङ राई र रिश्मा गुरुङको लामो समयपछि यो सहकार्य जुरेको हो ।दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।

    अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुने चलचित्रमा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

    images

    ‘रिमै’को निर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन् भने सह–निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # ‘रिमै’