मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनिमयदर ?

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 183
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।   

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा छ भने बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा छ। 

    images

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३ र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा छ भने कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा छ। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा छ।