काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावर्ट आएको छ ।
आज बजार १३.०३ अंकले घटेर बजार २६६७.४० को विन्दूमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार ०.४८ प्रतिशतले घटेको हो ।
आज बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बजारमा ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ।
आज बजारमा कारोबारमा आएका कम्पनी मध्ये ५५ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ बटा कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।


