काठमाडौं । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ ।
सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रको रेकर्ड बनाएको यस चलचित्रले हालसम्म पनि राम्रो सो पाइरहेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात् शनिबारसम्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको जनाएको छ ।
गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।
चलचित्रमा विजय बराल मुख्य भूमिकामा रहेका छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।


