काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अंकले बढेको छ ।
आज बजार १५.८३ अंकले बढेर २६८३.२४को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार ०.५९ प्रतिशतले बढेको हो ।
आज बजार बढ पनि कारोबार रकम भने बढेको छैन् । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ।
आज बजारमा १६९ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ६७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आज नगदी ग्रूप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


