मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डलरको मुल्य घट्दा युरो र पाउन्डको मुल्य बढ्यो

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 188
    SHARES
  • डलरको मुल्य घट्दा युरो र पाउन्डको मुल्य बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    images

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ भने युरो, पाउन्डसहितका मुद्राको मूल्य बढेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा थियो।

    images

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा छ भने पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा छ। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५७ र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ ।  हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६५ र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा थियो। 

    त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा छ छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा छ। 

    462548141_925180149069834_135789096631363596_n.jpg