काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३३.४१ अंकले बढेर २७१६.६६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज नेप्स १.२४ प्रतिशतले बढेको हो ।
मंगलबार बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आज बजारमा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका कम्पनी मध्ये २११ कम्पनीको सेयर मुल्य बढेको छ भने ३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी एउटा कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।


