काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ ।
बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि यस्तो निर्णय गरिएको हो ।
बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए ।
.jpg)


