काठमाडौं । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा चलचित्र‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन् भने ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको उपाधि पाएकी छन् ।
बुधबार शितल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ’राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेका हुन्।
राष्ट्रिय अवार्डमा उत्कृष्ट चलचित्र भने ‘बुलाकी’ बन्यो । उत्कृष्ट निर्देशकमा ‘दिमाग खराब’बाट निश्चल बस्नेत रहेका छन् । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट घोषित हुँदा आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड जितेको छ ।
त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रदान गरियो भने ‘जारी’ले व्यावसायिक सफल चलचित्रको अवार्ड जित्यो । विशेष चलचित्र पुरस्कार भने ‘सतीदेवी’, ‘सुगुप’ (लिम्बु भाषा) र ‘मार्कली’ (गुरुङ भाषा)लाई प्रदान गरियो । यी तीन चलचित्रले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।


