काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ ।
आज बजार ८.३० अंकले घटेर २७४८.५ बिन्दुमा ओर्लिएको छ। बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार ५० कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रूपैयाँको कारोबार भएको छ।
बाकी एकसय ९४ कम्पनीको सेयर मूल्य भने घटेको छ। आज व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो ।


