काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको आज पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।
बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा आएर रातभर जाग्राम बस्छन् । शुक्रबार दीपदान गरी रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।
एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।
भीड व्यवस्थापन र सुरक्षाका लागि पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।
यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने बताइएको छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको पशुपति विकास कोषले जनाएको हो ।
विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
.jpg)


