मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा सामान्य गिरावट,२७३८ को विन्दुमा नेप्से

एक्सप्रेस पाना
मंसिर १६, २०८१ आइतबार
  • 393
    SHARES
  • आइतबार सेयर बजारमा सामान्य गिरावट,२७३८ को विन्दुमा नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आउको छ । 

    images

    आज बजार ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । मौद्रिक नीतिको समीक्षापछि बजार घटेको हो ।

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार ८ अर्ब ५४ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ८३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। 

    images

    बजारमा आज ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

    आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।  विकास बैंक समूह ४.५ प्रतिशत बढेको छ भने व्यापार समूह पनि ९ प्रतिशत बढेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से