बुधबार, भाद्र २४ गते २०८३
images

जुम्लाको पातारासीमा नेपाल टेलिकमको सेवा विस्तार

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 263
    SHARES
  • जुम्लाको पातारासीमा नेपाल टेलिकमको सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । 

    images

    पातारासी गाउँपालिका २ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो। 


    जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक  दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

    images

    दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भोइस तथा डेटा सेवाको विस्तार गरेको हो। 

    यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम