आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कति छ कारोबार ?

एक्सप्रेस पाना
आश्विन २१, २०७८ बिहीबार
  • 305
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, कति छ कारोबार ?

    असोज २१ काठमाडौं । साताको पाँचौं कारोबार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

    images

    महासंघले बिहीबार सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम गरिएको छ ।

    बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ र चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

    images