काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उतारचढावबिच दोहोरो अंकले बढेको छ ।
आज बजार १७.८० अंकले बढेर २७७५.८५को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्स)ले जनाएको छ । बजार बढेसंगै आज कारोबार रकम भने घटेको छ । सोमबार १० अर्ब ५४ करोड १७ लाख कारोबार भएको बजारमा आज ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।
१४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९७ कम्पनीको सेयर मूल्य भने घटेको छ । बाकी ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ।


