आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 319
    SHARES
  • चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं । चारदिने चीनको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । 

    images

    मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् । 

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । 

    images

    बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन् ।

    नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री