बुधबार, भाद्र २४ गते २०८३
images

मेरो विवाहको खबरमा कुनै सत्यता छैन:पल शाह

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 333
    SHARES
  • मेरो विवाहको खबरमा कुनै सत्यता छैन:पल शाह

    काठमाडौं । अभिनेता पल शाहले आफ्नो विवाहको खबरमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । 

    images

    शुक्रबार सामाजीक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले आफ्नो बिहेको खबर सत्य नभएको बताउका हुन् । 

    उनको आफ्नो बिहेको खबरले आफै चकित परेको बताए । उनले साथी भाइहरूको यस प्रकारको चिन्ता र चासोको कदर गर्दै उक्त खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

    images

    उनले लेखेका छन् ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’

    पछिल्लो समय सामाजिक सञ्जालहरूमा पल शाहको विवाहको खबरहरू आइरहेका छन् ।

    paul.PNG

  • सम्बन्धित विषय:

  • # अभिनेता पल शाह