काठमाडौं । साताको दोस्रोकारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ ।
आज बजार १२.८४ अंकले घटेर २६७६.१५को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्स)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ ।
आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले बढेको छ भने महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशतले घटेको छ ।


