शनिबार, भाद्र २७ गते २०८३
images

नयाँ चलचित्र‘सोल्टिनी’को निर्माण घोषणा ,प्रकाश र परीक्षा मुख्य भुमिकामा

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 264
    SHARES
  • नयाँ चलचित्र‘सोल्टिनी’को निर्माण घोषणा ,प्रकाश र परीक्षा मुख्य भुमिकामा

    काठमाडौं । ‘रङ्गेली’ चलचित्रका निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र‘सोल्टिनी’ निर्माण गर्ने घोषणा गरेका छन् । 

    images

    सोमवार एउटा परिचयात्मक भिडियोमार्फत चलचित्रका मुख्य पात्र र विषयवस्तु प्रस्तुत गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

    चलचित्रको मुख्य भुमिकामा  प्रकाश सपुत र परीक्षा लिम्बु रहने भउका छन् । 

    images

    चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने बताइएको छ । 

    चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।

    प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रको छायांकन आगामी पुस १५ गतेदेखि सुरु हुने बताइएको छ । 

    चलचित्रघोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • # सोल्टिनी’
  • # परीक्षा लिम्बु