मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारमा लगातार गिरावट,२६६९ को विन्दुमा नेप्से

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 276
    SHARES
  • सेयर बजारमा लगातार गिरावट,२६६९ को विन्दुमा नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ ।  

    images

    आज बजार ६.३२ अंकले घटेर २६६९.८२ को  विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। सेयर बजार यो साता लगातार घटेको छ । 

    images

    ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आज व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे भने फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, बैंकिङ ०.१५, विकास बैंक ०.५२, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशतले घटे ।

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से