बुधबार, भाद्र २४ गते २०८३
images

सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त आचार्यले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 237
    SHARES
  • सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त आचार्यले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवासमा एक समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

    प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पनि पद तथा गोपनीयताको शपथ गराए । 

    images

    समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थियो । मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई आयोगमा नियुक्त गरेको हो । 

  • सम्बन्धित विषय:

  • # सूचना आयोग
  • # शपथ
  • # सुरेशप्रसाद आचार्य