मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३३.४२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 319
    SHARES
  • बिहिबार ३३.४२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

    images

    आज बजार ३३.४२ अंकले घटेर २६८२.२९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

    बिहिबारको बजारमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको छ। 

    images

    आज उत्पादन सेक्टर ०.३८ प्रतिशत बढेको छ भने अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार