आइतबार, भाद्र २८ गते २०८३
images

सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालमा पनि लागू गर्न स्वास्थ्यमन्त्रालयको निर्देशन

एक्सप्रेस पाना
मंसिर २८, २०८१ शुक्रबार
  • 289
    SHARES
  • सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालमा पनि लागू गर्न स्वास्थ्यमन्त्रालयको निर्देशन

    काठमाडौं । मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक नेपाल सरकारसरह लागू गरिएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारीभन्दा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न अधिकारीहरुलाई निर्देशन दिएका थिए । 

    सोहीअनुसार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो ।

    images

    मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपालसरकार सरहभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ ।

    यसैगरी, तोकिएको भन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि भनिएको छ ।

    मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ । काम गरेकाहरुको सक्कल शैक्षिक लब्धांक पत्र राख्न नपाइने तथा अनुभवको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरी लागू गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

    यसका अलावा मन्त्रालयले न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि नर्सिङ तथा स्वास्थ्य जनशक्तिलाई बैंकबाट मात्र पारिश्रमिक उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।

    मन्त्री पौडेलले भने,‘गैरसरकारी क्षेत्रमा कार्यरत नर्सिङ तथा स्वास्थ्य जनशक्तिबाट सरकारले तोकेको न्यूनतम सुविधा नपाएको धेरै गुनासो प्राप्त गर्यौं,’ । ‘सरकारी र निजी क्षेत्रमा सरकारले तोकेको न्यूनतम सुविधा लागु होस् र कोही पनि समस्यामा पर्नु नपरोस् भनेर कानूनमा भएको व्यवस्था लागू गर्न यस्तो निर्णय गरेका हौं ।’

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्यमन्त्रालय