मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मनकामना केबलकार दुई दिन बन्द हुने

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 297
    SHARES
  • मनकामना केबलकार दुई दिन बन्द हुने

    काठमाडौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।

    images

    मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिएका हुन् ।

    टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने बताइएको छ। 

    images

    सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

  • सम्बन्धित विषय:

  • # मनकामना केबलकार