सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 269
    SHARES
  • नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । 

    images

    शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार चार हजार २८२ मतसहित अध्यक्षमा शर्मा विजयी भएकी हुन् ।

    वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन्  । महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल चार हजार २९२ मतसहित विजयी भएका छन् ।

    images

    निर्वाचन समितिका अनुसार खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ
  • # निर्मला शर्मा