काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार आज पनि घटेको छ ।
सोमबार ५१.३७ अंकले घटेर बजार २६३०.९१ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।
सोमबार १५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २२७ कम्पनीको सेयर मूल्य भने घटेको छ । बाकी २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।


