शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘रंगी’ फागुन २ गते देखी प्रदर्शनमा आउने

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 343
    SHARES
  • चलचित्र ‘रंगी’ फागुन २ गते देखी प्रदर्शनमा आउने

    काठमाडौं । भ्यालेनटाइन डेको अवसर पारेर फागुन २ गते चलचित्र ‘रंगी’ प्रदर्शनमा आउने भएको छ ।

    images

    बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अर्को चलचित्र ‘दुःखी आत्मा’ पनि प्रदर्शनको तयारीमा छ ।

    सार्वजनिक पोस्टरमा अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाल मात्र चित्रित छन् । उनीहरुलाई गम्भीर भावमा देख्न सकिन्छ ।  पोस्टरको पृष्ठभूमिमा भने ग्रामीण भेगको बजार देखिन्छ । 

    images

    सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा सलोन र आयुषीका साथै ‘मिस वर्ल्ड नेपाल २०२०’की विजेता नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छिन् । चलचित्रमा दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको पनि अभिनय रहेको छ । 

    सलोन स्वयं प्रस्तुतकर्ता रहेको चलचित्रमा सक्षम सुवेदी र करिश्मा केसी निर्मातामा छन् । सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुमन गजमेरको स्क्रिप्ट लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ‘रंगी’