काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयेर बजारमा गिरावट आएको छ ।
आज बजार ५.६० अंकले घटेर २६२८.२६ को विन्द्मा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजारमा गिरावट आएसंगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका ८१ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन ।
आज उपकार लघुवित्त र सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।


