मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३१.४३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 297
    SHARES
  • बिहिबार ३१.४३ अंकले घट्यो सेयर  बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । केहि दिनदेखी लागातार घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । 

    images

    बिहिबार बजार ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    आज बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ ।  बुधबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ७६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। 

    images

    कारोबारमा आएका २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८ प्रतिशतले बढेको छ । 

    आज नारायणी विकास बैंकको सेयर मूल्य भने ९.२१ प्रतिशतले घटेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार