मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महुलि लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासन,कहिलेसम्म दिन पाइन्छ आवेदन ?

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 426
    SHARES
  • महुलि लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासन,कहिलेसम्म दिन पाइन्छ आवेदन ?

    काठमाडौं । महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन तथा विक्री खुला भएको गरेको छ ।

    images

    लघुवित्तको ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासन भएको हो ।

    लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्कासन गर्ने भएको हो ।

    images

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि पुष ९ गतेसम्म आवेदन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि पुष १९ गतेसम्म थप गरिने सूचनामा उल्लेख छ।

    लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # महुलि लघुवित्त वित्तीय संस्था
  • # एफपीओ