मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सेयर बजार लगातार आरालोतर्फ,२५८३को विन्दुमा नेप्से

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 313
    SHARES
  • सेयर बजार लगातार आरालोतर्फ,२५८३को विन्दुमा नेप्से

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार साताको पहिलो कारोबार दिन आइतबार पनि  ओरालो लागेको छ । 

    images

    आज बजार १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    आज ८४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ५४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।   

    images

    आजको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड,बाराहि  हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।