शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘सोल्टिनी’को पोस्टरमा प्रकाश र परीक्षा

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 252
    SHARES
  • चलचित्र ‘सोल्टिनी’को पोस्टरमा प्रकाश र परीक्षा

    काठमाडौं । प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको चलचित्र ‘सोल्टिनी’को पोस्टर छायाङ्न अगाडि नै सार्वजनिक भएको छ ।

    images

    निर्देशक अर्जुन सुवेदीले आइतबार प्रकाश र परीक्षा फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा यी दुई कलाकार भावुक मुद्रामा छन् ।

    चलचित्रमा प्रकाश र परीक्षासहित विल्सनविक्रम राई, सुब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायतको अभिनय रहने छ । चलचित्र२०८२ असोज ३ गतेदेखी प्रदर्शनमा आउने बताएका छन् । 

    images


    यसै चलचित्रबाट प्रकाश र परीक्षा पहिलोपटक सहकार्य गर्दैछन् । निर्देशक सुुबेदीका अनुसार भोजपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन हुनेछ ।

    यस चलचित्रले जातीय भेदभाव र अमानीय व्यवाहारविरुद्धको कथा उठान गरेको निर्देशक सुबेदीको दाबी छ । चलचित्रको लेखका निर्देशक सुबेदी र कुमार भट्टराई हुन् ।

    प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताह रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘सोल्टिनी