मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार २८.९१ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 451
    SHARES
  • सोमबार २८.९१ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार आज सामान्य अंकले बढेको छ ।

    images

    साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार १.११ प्रतिशतले बढेको हो । 

    सोमबार एकसय ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ४३ करोड २४ हजार रूपैयाँको कारोबार भएको छ। ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने बाकी ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

    images

    आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ,सुपर मादी हाइड्रोपावर लिमिटेड र बाराहि  हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सोमबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य भने १० प्रतिशतले घटेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से