कमल बिक्रम जिसी , काठमाडौँ । सुुर्खेत धरमपोखरा अवलचिङ्ग मटेला सडकखण्डमा वर्षायाम सुुरुवात भएसँगै सुुरक्षित यात्रा गर्न कठिन हुन्छ । डेढ दशक हँदा सम्म सुुर्खेत देखी धरमपोखरा सम्म मात्र पक्की निर्माण गरेतापनि राम्रोसँग यातायात चल्न सक्दैनन्र ।
सडक निर्माण गर्ने बहानामा पटक पटक सवारीसाधन चल्न अवरुद्द भएपनि स्थानिय सरकार मौन रहेको स्थानियको गुनासो रहेको छ । धरमपोखरा पातिहाल्ना मटेला ठाटिबजार सडक खण्डमा गाडी चल्न छोडेको जेठबाट हो । छोटो दुरि पर्ने यो सडक खण्ड बर्खायाम सुरु भए सङै बन्द हुने गर्दछ ।
बैशाख जेठमा धुलोले पैदलयात्री सडकमा धुलाम्मे हुन्छन भने बर्खामा हिलोले गाडी चल्न बन्द नै हुन्छ । बर्खायाम सुरु भए संगै धरमपोखरा अवलचिङ्ग र ढाँडखेत हुँदै मटेला पुग्ने गाडी विभिन्न अबरोहहरु झेल्दै जसोतसो ठाँटिबजार पुग्ने गर्छन।
चिङ्गाड गाउँपालिका उपाध्यक्ष मनमाया आचार्यका अनुसार ठेकेदारको लापर्बाहीका कारण समयमा सडक मर्मत हुन नसकेको बताउँछिन् । टेलिफोन संवादमा कुरा गर्दै उनले समस्या समाधान निम्ती काम गरिरहेको र समयमा काम नगर्ने जो कोहीलाई कारबाही गर्ने बताएकी छन् ।
पहाडी क्षेत्रको बाटो बर्खायामको समयमा हिलोले मटेला रानिबास बाट आउने अधिकांश बस सङ्गै सामान ओसारपसार गर्ने गाडीहरु समस्याले बिरेन्द्रनगर पुगिन्छ भन्ने सोच्न बाध्य हुन्छन । हालै देख्नु भएको तस्बिर चिङ्गाड गाउँपालिका कार्यलय नजिकै हो यो मोडमा सडक चिप्लो भएर कुनै दिन डोजर लगाएर बसलाई तान्नु पर्ने हुन्छ भने कुनै दिन यसरी नै मानिसहरुको बलमा यी अप्ठ्यारो कटाउन बाध्य छन् । यी यावत समस्यालाई समाधान गर्न जनप्रतिनिधिहरुको चासो नगएको होकी भन्ने जनताको गुनासो रहेको छ । यस समस्यालाई समधानको लागि र समयमै गन्तब्यमा पुग्न चिङ्गाडी जनताको अपेक्षा रहेको छ।


